न्युज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका वनमन्त्री रमेश प्रसाद कुर्मीले राजीनामा ठोकका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।
लोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।
लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बैठकमा डाँकेको थिए । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेका छन् ।
जनकपुरको स्टार कोचिँगका सँचालक यादव पक्राउ, छात्रासँग जबरदस्ती गरेको आरोप
- २०८१ बैशाख ४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको स्टार कोचिँगका सँचालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । कोचिँगमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पूरा पढ्नुहोस्