मधेश प्रदेशका वनमन्त्री कुर्मीले ठोके राजिनामा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने
लोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।

२०८१ बैशाख ४ मंगलबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका वनमन्त्री रमेश प्रसाद कुर्मीले राजीनामा ठोकका छन् । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।
लोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।
लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बैठकमा डाँकेको थिए । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…