मधेशमा जनमत पार्टीको प्रेसर थेग्न मुख्यमन्त्री यादवलाई हम्मे हम्मे !
प्रदर्शन भइरहँदा सभामुख मण्डलले छानबिन समिति गठन गर्न मुख्यमन्त्री यादव सहमत भइसकेको भन्दै जनमतका सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, उनीहरुले प्रदर्शन जारी राख्दाराख्दा सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गर्न अनुमति दिए ।

२०८१ बैशाख ४ मंगलबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले जनता समाजवादी पार्टी नेतृत्वको मुख्यमन्त्रीलाई घेराबन्दी गर्न थालेको छ ।
आज मँगलबार मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिने मुड बनाएपछि सँसदमै जनमत पार्टीले हँगामा गरेपछि प्रदेशसभा बैठक समेत स्थगित भएको हो । जनमतले दोस्रो पटक सँसद बैठक अवरुद्ध गरेको हो ।
आज (मँगलबार) करिब २ बजे बसेको प्रदेशसभा बैठक जनमतको अवरोधपछि सभामुख रामचन्द्र मण्डले १० मिनेटका लागि स्थगित गरेका थिए । तर, झण्डै ५ घण्टापछि साँझ ७ बजे पुनः बैठक बोलाइएपनि पुनः जनमत पार्टीका नेताहरु साँसदहरुले अवरोध खडा गरेपछि सँसद अवरुद्ध भयो ।
जनमतका साँसदहरुले राजविराजमा मन्त्रीमाथि भएको सांघातिक हमलाको छानबिन गर्न संसदीय समिति घोषणा गर्न र मुख्यमन्त्रीको राजीनामा माग्दै नाराबानी गरे ।
प्रदर्शन भइरहँदा सभामुख मण्डलले छानबिन समिति गठन गर्न मुख्यमन्त्री यादव सहमत भइसकेको भन्दै जनमतका सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, उनीहरुले प्रदर्शन जारी राख्दाराख्दा सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गर्न अनुमति दिए ।
मुख्यमन्त्री यादव पनि प्रदर्शन छल्दै रोस्टममा पुगे र विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव राख्न खोज्दाखोज्दा जनमतका सांसदहरुले तोडफोडको प्रयास गरे । त्यसपछि मुख्यमन्त्री यादव ब्याक भए ।
स्थिति नियन्त्रणबाहिर जाने देखिइपछि सभामुख मण्डलले पुनः १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
अहिले मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लागेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…