ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिकासँग प्रदेश र केन्द्रका साँसद मन्त्रीहरु विभेद गर्दै आएको छः अध्यक्ष यादव
उनले निर्वाचित जनप्रतिनीधि कुनै एक दलको नभएको बताउँदै यहाँका नेता कार्यकर्ताहरुले दलगत व्यवहार देखाउँदै आएको बताए । उनीहरुले नै केन्द्र र प्रदेशका मन्त्रीहरुलाई कान भरेर समन्वय गर्न नदिएको आरोप लगाए । उनले जनकनन्दिनी गाउँपालिकामा शसर्त अनुदान, बिशेष अनुदानमा समेत कटौती गरेर विभेद गरेको आरोप लगाए । उनले लेटरप्याडमा लेखेर समेत प्रदेश र केन्द्र सरकारलाई बजेटको लागि आग्रह गर्दा दलगत हिसाबले नै व्यवहार भोगेको बताए । केही बजेटहरु केन्द्र र प्रदेशबाट ल्याउन सफल भएको बताए । उनले त्यस बजेटमा समेत काँग्रेसले राजनीति सुरु गरेको आरोप लगाए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










