इन्दिरा जल कम्पनीको पानीमा किटाणु र अखाद्य लेउ फेला
यता, इन्दिरा जल पानी कम्पनीका सँचालक प्रमोद साहले बोत्तल फुटेर त्यस्तो भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । लोड गर्ने बेलामा बोत्तलको तल्लो भाग (पेनी) बाट माटो प्रवेश गरेको हुन सक्ने प्रतिक्रिया दिए । यद्यपी, पानीको बोत्तलको कुनै भागमा कुनै प्वाल नपरेको, नफुटेको देखिएको छ । पानी कहि कतैबाट रतिभर पनि लिकेज नभएको अवस्थामा भित्र लेउ बसेको देखिएको हो ।

२०८१ असोज २० आइतबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको चोहर्बा (चन्द्रलालपुर, चोहर्बा-१) बाट उत्पादनमा रहेको इन्दिरा जल नामक कम्पनीको पानीको बोतलमा अखाद्य वस्तु फेला परेको छ ।
जनकपुरमा एक उपभोक्ताले एक पसलबाट पानी माग्दा सिलप्याक बोत्तलमा किटाणु र माटो जस्तो वस्तु देखिएको हो । पानी समेत फ्रेस नभएको सो बोत्तलमा लेउ जस्तो वस्तु देखिएको हो ।
अन्य पानीको तुलनामा सो बोत्तलमा रहेको पानीको रँग समेत पहेँलो देखिएको छ । जनकपुरको क्याम्पसचोक स्थित एक पसलबाट खरिद गरिएको पानीको बोत्तलमा किटाणु, पहेँलो जस्तो अखाद्य तत्व देखिएपछि एक उपभोक्ता न्यूज ब्यूरोको सम्पर्कमा आएको हो ।
पसलले समेत सो पानीका खाने योग्न नरहेको र यसबारे कम्पनीलाई जानकारी गराउने भनेको थियो । सो पानीमा लेउको टुक्राहरु भेटिएको छ ।
मानिसको अति संवेदनशिल मानिएको स्वास्थ्यसँग खेलवाड गर्ने गरी इन्दिरा जल कम्पनीको पानीमा अखाद्य वस्तु भेटिएपछि उपभोक्ताहरु आक्रोसित भएका छन् ।
कम्पनीको गैर जिम्मेवारीको कारण उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी पेय जल वितरण गरेकोप्रति आक्रोस व्यक्त गरेका छन् ।
भिडियोमा हेर्नुहोस
यता, इन्दिरा जल पानी कम्पनीका सँचालक प्रमोद साहले बोत्तल फुटेर त्यस्तो भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । लोड गर्ने बेलामा बोत्तलको तल्लो भाग (पेनी) बाट माटो प्रवेश गरेको हुन सक्ने प्रतिक्रिया दिए । यद्यपी, पानीको बोत्तलको कुनै भागमा कुनै प्वाल नपरेको, नफुटेको देखिएको छ । पानी कहि कतैबाट रतिभर पनि लिकेज नभएको अवस्थामा भित्र लेउ बसेको देखिएको हो ।
कम्पनी सँचालका साहका अनुसार, पानी लोड गर्ने बेलामा कर्मचारीले गाडीमा कार्पेट नहालेर लग्दा यस्तो हुन सक्ने प्रतिक्रिया दिए । पानीको बोत्तल सुरक्षित राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…