भर्खरै, धनुषाको पर्शुराम तलाउस्थित मोटरसाईकल दुर्घटना, पुरुषको मृत्यू, युवति गम्भिर
उनको पछाडी बसेकी एक युवति भने गम्भिर घाईते भएकी छन् । नाम ठेगान नखुलेकी युवति भने उनको घर परिवारको नरहेको परिवारिक श्रोतले जनाएको छ । उनकी श्रीमति जनकपुरमा रहेको जानकारी प्राप्त भएको छ । जनकपुर आईरहेको बेला दुर्घटना भएको हो ।

२०८१ असोज २० आइतबार, राति १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामदेखि धनुषाधाम जाने बाटोमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पुरनदाहा पर्शुराम तलाउस्थित मोटरसाईकल दुर्घटना हुँदा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ५० बर्षिय बिशेश्वर मण्डलको मृत्यू भएको जनाइएको छ ।
घरबाट जनकपुरधामतर्फ आईरहेको स ७ प ३९३२ नम्बरको सेतो कलरको अपाचे मोटरसाईकल दुर्घटना हुँदा मृत्यू भएको हो । यद्यपी, प्रहरीले मृत्यू भएको पुष्टि नगरेपनि साँस नचलेको बताए । प्रत्यक्षदर्शीहरुले भने मृत्यू भईसकेको बताएको हो । प्रत्यक्षदर्शीहरुको अनुसार उनको साँस चललिरहेको थिएनन् ।
उनको पछाडी बसेकी एक युवति भने गम्भिर घाईते भएकी छन् । नाम ठेगान नखुलेकी युवति भने उनको घर परिवारको नरहेको परिवारिक श्रोतले जनाएको छ । उनकी श्रीमति जनकपुरमा रहेको जानकारी प्राप्त भएको छ । जनकपुर आईरहेको बेला दुर्घटना भएको हो ।
युवतिको ओठ च्यातिएको छ, उनले आफ्नो नाम ठेगाना बोलिनन् । दुवै जनालाई मिथिलाबिहारी नगरपालिकाको एम्बुलेन्सबाट प्रहरीले प्रादेशिक अस्पताल जनकपुर ल्याएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…