दशैँको मुखमा सिरहाको गोलबजारमा बजार अनुगमन, मासुमा रँग भेटियो , पेय पदार्थ डुप्लिकेट

२०८१ असोज १९ शनिबार
रति १०:३३ बजे
न्यूज ब्यूरो, डेस्क

सबिन यादव, सिरहा ।  सिरहाको गोलबजार नगरपालिकामा आज बजार अनुगमन गरेको छ । सिरहाको जिल्ला प्रशासन कार्यालयको सम्पुर्ण सुरक्षा निकायका टोलि द्वारा आज दिनको ३ बजे देखि बजार अनुगमन गरेको हो । 

गोलबजारमा दशै चाडबाडको बेला बजारको पसलहरुमा म्याद गुज्रिएको पिए पदार्थ जस्तै कोक,पेप्सी, बदाम जुस, लगायतका कोल्ड ड्रीन्क्सहरुको अनुगमन गरेको हो र दशैमा मानिसहरु मासु धेरै खाने भएको मध्य नजर गर्दै गोलबजारको सबै मासु पसलहरुमा अनुगमन गरेको छ । 

अनुगमनको क्रममा मासु पसल बलाहरुलाई खसिको मासुमा लगाउने रातो रङ्ग नलगाउन समेत निर्देश दिएको थियो, मासुमा लगाउने रातो रंग भएको डब्बा सबै पसल बाट प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले आफै नस्ट गरेको हो । 

गोलबजार नगरपालिका वडा नस्४ मा रहेको पब्लिक कोल्ड स्ट्रोरमा समेत अनुगमन गरेको हो, कोल्ड स्ट्रोरमा गोलडेन ओके, फाइटर, उमंग आदि जस्ता पिय पदार्थलाई क्युआर बाट स्क्यान गरि अनुगमन गरेको थियो,  अनुगमनको क्रममा जुन पिय पदर्थामा क्युआरले काम नगरेकोलाई एक,एक बोतल अनुगमन टोलिले अनुसन्धानका लागि लगिएको हो । 

अनुगमनमा सिरहाको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाल, राष्ट्रिय अनुसन्धानका एसपी टीका पोख्रेल,सशस्त्र प्रहरी बल सिरहाका गणपति शिव गैरे, नेपाल प्रहरीका एसपी रमेश पण्डित, गोलबजार बेपार संघका अध्यक्ष बिजय साह र ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख गोबिन्द प्रशाद साह, सञ्चारकर्मीहरुको उपस्थितिमा बेलुकाको ६ बजे सम्म अनुगमन गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

जनकपुरको राजदेवी मन्दिरमा 'फैशन होईन', वस्त्र कोड लागू हुनुपर्छ

  • २०८१ असोज १९ शनिबार

सम्पादकीय । प्राचीन कालका राजा जनककी कुलदेवी रहेकी हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको राजदेवी मन्दिरमा वस्त्रको कोड लागू गर्नु आवश्यकता देखिएको छ ।  हिन्दुहरुको आस्थाको केन्द्र रहेको शक्तिपीठ राजदेवी मन्दिरमा दशैँभरि हुने

पूरा पढ्नुहोस्

Bureau Menus