राजदेवी मन्दिरमा छपरी र टिकटोकियाहरुको ताण्डव, दर्शनार्थीलाई सास्ती, छैन ठोस व्यवस्था
मन्दिर जाने करिब ९८ प्रतिशत युवायुवतिहरु दर्शन पूजाको लागि नभई मात्र फोटो खिच्न, भिडियो खिच्न, टिकटोक बनाउन जाने गरेका हुन । उनीहरु आस्थाको लागि नभई मात्र टिकटोक बनाउन मन्दिर जाने गरेको गुनासो श्रद्धालुहरुको छ । उनीहरुलाई नियन्त्रण नगरिए निष्ठापूर्वक मन्दिर जाने श्रद्धालुलाई दुःख भईरहने र सास्ती भोग्नुपर्ने बताए ।

२०८१ असोज १९ शनिबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ एवम् हिन्दुहरुको आस्थाको केन्द्र राजदेवी मन्दिरभित्र सुरक्षाको व्यवस्था फित्तलो हुँदा दर्शनार्थीलाई सास्ती भएको छ ।
राजदेवी मन्दिरभित्र मोबाईल प्रवेश निषेध गरिएको भनिएपनि राजदेवीको प्राँगनमा छपरी ग्याँग, टिकटोकियारुको भीडले दर्शन पूजा गर्न जाने श्रद्धालुहरुलाई सास्ती भोग्नु परेको छ ।
टिकटोक बनाउने, रिल्स भिडियो बनाउने, ईन्टाग्रामको म्यूजिकमा नाच्ने प्रवृतिको कारण राजदेवी मन्दिरभित्र श्रद्धालुहरुलाई सास्ती हुन थालेको छ ।
मन्दिरको मुख्यद्धारमा केही स्वयँसेवक खटाएपनि मोबाईल नियन्त्रण भने हुन सकेको छैनन् । परिचालित गरिएको स्वयंसेवकहरुले नामको लागि मात्र परिचालन भएको पाइएको छ । मन्दिर परिसरभित्र मोबाईल प्रवेश निषेध गरिएको समितिको दाबी छ, तर यथार्थमा सबभन्दा अधिक भीड मोबाईलको कारण भित्र हुँदै आएको जसले गर्दा बाहिरबाट दर्शनपूजाका लागि मन्दिर जाने श्रद्धालुलाई कठिनाईको सामना गर्नुपरेको अवस्था छ ।
त्यति मात्र नभएर मन्दिरको मुख्यद्धार भनिएको उत्तरी गेटमा समेत छपरी, टिकटोकियाहरु युवायुवतिहरुको अस्वभाविक भीडले भक्तजन श्रद्धालुहरुलाई दुःख हुने गरेको छ ।
मन्दिर जाने करिब ९८ प्रतिशत युवायुवतिहरु दर्शन पूजाको लागि नभई मात्र फोटो खिच्न, भिडियो खिच्न, टिकटोक बनाउन जाने गरेका हुन । उनीहरु आस्थाको लागि नभई मात्र टिकटोक बनाउन मन्दिर जाने गरेको गुनासो श्रद्धालुहरुको छ । उनीहरुलाई नियन्त्रण नगरिए निष्ठापूर्वक मन्दिर जाने श्रद्धालुलाई दुःख भईरहने र सास्ती भोग्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…