बाढी पहिरोबाट नेपालमा २३९ जनाको मृत्यू
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

२०८१ असोज १९ शनिबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८ जना बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…