प्रमुख समाचारश्रीमती चढेको गाडी ट्राफिकले रोकेको भन्दै मेयर बालेनले दिए सिँहदरबार जलाउने धम्की
‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ती ट्राफिक प्रहरीले भने,‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । आजको कान्तीपुरमा समाचार छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










