पार्टीका कार्यकर्तादेखि बिदेसियासम्मलाई पत्रकार सदस्यता सिफारिस
सोही क्रममा जनकपुरको मोडेल कलेजमा कार्यरत बन्दना नायकलाई समेत सदस्यताको लागि सिफारिस गरिएको छ । मोडेल क्याम्पस जनकपुरमा फूल टाईम ड्युटी गर्दै आएकी र पत्रकारितासँग सरोकार नै नभएको नायकलाई महासँघको सदस्यता सिफारिस गरिएको हो । रेडियोमा प्राविधिक कार्य गदै आएका शम्भु कुमार साहलाई समेत सिफारिस गरिएको छ ।

२०८० भदौ १५ शुक्रबार, बिहान ८:३३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघमा विगत केही बर्षदेखि चलिआएको बेतिथिलाई मधेश प्रदेश समितिले पुनः निरन्तरता दिएको छ ।
अघोषित राजनीतिक दलको भातृ सँगठनको रुपमा पहिचान बनाउँदै गएको नेपाल पत्रकार महाँसघका पदाधिकारीहरुले भोँटको लागि गैर पत्रकारहरुलाई सदस्यता वितरणको लागि सिफारिस गरिएको मामिला बाहिर आएको हो ।
सोही क्रममा नेपाल पत्रकार महासँघ मधेश प्रदेशले धनुषा जिल्लाबाट नयाँ सदस्यताको लागि सिफारिस गरिएका नामावलीमा राजनीतिक दलमा पूर्ण रुपले सक्रिय पार्टीका कार्यकर्तादेखि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई समेत सदस्यताको सिफारिस गरेको हो ।
पत्रकारिताबाट लामो समयदेखि विश्राम लिएकी आरती मण्डललाई सिफारिस गरिएको नाम नखोल्ने शर्तमा महासंघकै स्रोतले जनाएको हो । सरसफाई अभियानी भनेर चिनाउने मण्डललाई पनि मधेश प्रदेश समितिले धनुषा शाखाबाट सदस्यताको सिफारिस गरेको हो ।
यता, मण्डलले आफू निरन्तर पत्रकारिता क्षेत्रमै लागेको बताईन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मण्डलले आफू जनकपुरको मिथिलाञ्चल एम.एम.बाट निरन्तर पत्रकारिता गर्दै आएको बताईन् । पत्रकारिता क्षेत्रबाट निष्क्रीय भएको तथ्यप्रति उनले खण्डन गर्दै आफू कहिले पनि निष्क्रीय नभएको बताउँदै निरन्तर पत्रकारितामै लागेको बताईन् ।
जनकपुरको मोडेल कलेजमा कार्यरत बन्दना नायकलाई समेत सदस्यताको लागि सिफारिस गरिएको छ । मोडेल क्याम्पस जनकपुरमा फूल टाईम ड्युटी गर्दै आएकी र पत्रकारितासँग सरोकार नै नभएको नायकलाई महासँघको सदस्यता सिफारिस गरिएको हो । रेडियोमा प्राविधिक कार्य गदै आएका शम्भु कुमार साहलाई समेत सिफारिस गरिएको छ ।
यस्तै, जसपाकी कार्यकर्ता एवम् प्रदेश चलचित्र विकास बोर्डकी सदस्य पुष्पा यादवलाई पनि पत्रकारिता सदस्यताको लागि सिफारिस गरिएको छ । पत्रकारिता नै नबुझ्ने जसपाकी कार्यकर्ता यादवलाई सदस्यता सिफारिस गरेपछि प्रदेश समितिप्रति प्रश्न चिन्ह खडा भएको हो ।
यसका साथै, पत्रकारिताभन्दा नेपाली काँग्रेस पार्टीको कार्यकर्ता भएर कार्य गर्दै आएका किशोर मण्डललाई समेत सिफारिस गरिएको छ ।
सोही क्रममा टेलिभिजन सँचालक एवम् व्यावसायी समेत रहेका नविन कुमार साह, अफसेटमा काम गर्ने सँतोष कुमार मिश्र, जसपासँग आवद्ध रहेका राजनकुमार झा, पत्रकारिता क्षेत्रमै नभएका विवेक मण्डल, राम हृदय पासवान, पत्रकारितासँग सरोकार नै नभएका राकेश सौगात यादव, मो. हासिम राईनलाई समेत सदस्यताको लागि सिफारिस गरिएको हो ।
त्यस्तै, पत्रकार उपेन्द्र भगत नागवंशीकी छोरी कुरमुर नागवंशीलाई समेत सदस्यताको लागि सिफारिस गरिएको छ । पत्रकारिता क्षेत्रमै नरहेकी कुरमुर नागवंशीलाई भोँट बैँकको रुपमा प्रयोग गर्न पत्रकार उपेन्द्रभगत नागवंशीकी छोरीलाई सदस्यताको लागि सिफारिस गरिएको हो ।
यता, वैदेशिक रोजगारीबाट फर्केका हरिवंश यादवलाई समेत सदस्यता प्रदानको लागि सिफारिस गरिएको हो । यादवलाई महासँघका पूर्वअध्यक्ष रामअशिष यादवको पालामा सदस्यता दिएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए । त्यसपछि उनलाई अनिल मिश्रको पालामा सदस्यता खारेज गरिदिएको थियो । फर्केपछि उनलाई पुनः प्रदेश समितिले सदस्यताको लागि सिफारिस गरेको हो ।
यता, सदस्यता सिफारिस भएका यादवले आफू वैदेशिक रोजगारीबाट घर फर्किसकेको स्वीकार गर्दै अब निरन्तर सँचार क्षेत्रमा लागेको बताए । उनले आफूमाथि वैदेशिक रोजगारीमा रहेको भनेर लगाएको आरोप निराधार रहेको बताए । उनले सो तथ्यलाई उनले खण्डन गर्दै महासँघकै केही पदाधिकारीहरुले राजनीतिक साधेको बताए । यादवले आफू वैदेशिक रोजगारीबाट फर्केर ३ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमै सक्रिय रहेको बताए ।
अन्य सरकारी कर्मचारीहरुलाई समेत सदस्यताको लागि सिफारिस गरिएको हो । नेपाल पत्रकार महासँघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्ण रहेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…