हिन्दु सम्राटका सेनाहरुमाथि मुस्लिम समुदायको आक्रमण, एक जना घाईते
सो क्रममा हिन्दु सम्राट सेनाका राजेश यादव, मँजु मण्डल, लक्ष्मी साह, पँकज झा लगायतका कार्यकर्ताहरुलाई सार्वनिक धुलाई गरेको स्वीकार सम्राट सेनाले गरेको हो । हिन्दु सम्राट सेनाकी मँजु मण्डलले आफूहरुलाई कुटपिट गरेको स्वीकार भिडियो मार्फत गरेकी हुन् । तर, मुस्लिमहरुले मात्र कुटपिट गरेको तथ्यलाई प्रशासनले पुष्टि गरेका छैनन् भने स्थानीयहरुले समेत सो कुरालाई मिथ्या बताएको हो ।

२०८० भदौ १२ मंगलबार, बेलुकी ६:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको महदैया तपनपुरमा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको छ । हिन्दु धर्मावलम्बीहरुको कृष्णको मूर्ति तोडफोड गरेपछि विरोधमा उत्रेका सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले आक्रमण गरेको आरोप छ ।
महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ३ महदैयास्थित गएराती केही अराजक व्यक्तिले कृष्णाष्टमीको लागि बनाईएको प्रतिमा तोडीदिएपछि उत्पन्न धार्मिक विवादमा हिन्दु सम्राट सेनाले न्यायको लागि पुगेपछि उनीहरुलाई घेराबन्दी गरेर कुटपिट गरेको आरोप छ ।
हिन्दु सम्राट सेनाकी मँजु मण्डल नामक कार्यकर्ताले फेसबुक लाईभमा आएर सो ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले आफूहरुलाई घरमा पसेर कुटपिट गरेको, हिन्दुहरुलाई घरमा पसेर कुटपिट गरेको आरोप लगाएकी हुन् ।
हिन्दु सम्राट सेनाकी लक्ष्मी साह घाईते सो स्थानमा स्थानीयहरुबीच मूर्ति तोडफोड सन्दर्भमा कुराकानी र छलफल भईरहँदा बेमौका पुगेका हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले विरोध जनाएपछि उनीहरुलाई सुनुयोजित तवरले कुटपिट गरेको हो ।
हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरुले छलफल गरिरहँदा हिन्दु सम्राट सेनाले मूर्ति तोडफोड गरेको भन्दै कारवाहीको माग गर्न थालेपछि बाहिरबाट आएका केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप छ ।
समाजमा सदभाव कायम गर्नको लागि दुईपक्षबीच छलफल जारी रहँदा हिन्दु सम्राट सेनाले न्यायको लागि आवाज र नाराबाजी गरेपछि उनीहरुलाई राजनीतिक तवरले घेराबन्दी गरेको थियो ।
सो क्रममा हिन्दु सम्राट सेनाका राजेश यादव, मँजु मण्डल, लक्ष्मी साह, पँकज झा लगायतका कार्यकर्ताहरुलाई कुटपिट गरेको बताइएको छ ।
हिन्दु सम्राट सेनाकी लक्ष्मी साहलाई सोही ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप लगाईएको छ । बाहिरबाट गएका मुस्लिम समुदायका युवाहरुले लक्ष्मी साहलाई लक्षित गरी कुटपिट गरेको आरोप लगाईएको छ ।
हिन्दु सम्राट सेनाका जमुना साह यता, हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले हिन्दुत्वमाथि प्रहार गरेपछि आफूहरु गएको प्रतिक्रिया दिएका छन् । सो ठाउँका केही मुस्लिमहरुले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै साहले महदैयामा मूर्ति तोडफोडमा सोही ठाउँका केही उपद्रव व्यक्तिहरुको सँलग्नता रहेको भन्दै धर्मरक्षाको लागि आफूहरु जाँदा उनीहरुले आक्रमण गरेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…