मधेश प्रदेश : नुहाउँदै टिकटक बनाउन गएका युवक वाग्मतीले बगाएर बेपत्ता
न्यूज ब्यूरो, रौतहट। वाग्मती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन् । नदीमा नुहाउन तीन जना गएका थिए । दुई जना सकुशल छन् । बेपत्ताको खोजी भइरहेको

२०८० भदौ १३ बुधबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट। वाग्मती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन् ।
नदीमा नुहाउन तीन जना गएका थिए । दुई जना सकुशल छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले खोजी जारी भए पनि फेला नपरेको बताए । खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ ।
प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान थिए । नदी नियन्त्रणका लागी बनाइएको स्पर नजिक पवन र सुनिल पौडी खेल्दै टिकटक बनाउदै थिए भने १२ वर्षीय सुदीप कम पानी भएको स्थानमा नुहाइरहेका थिए ।
स्परको गहिरो छालमा परेर पवन अचानक डुब्न थालेपछि सुनिलले उद्धार गरेर बाहिर ल्याएका थिए । तर, सुनिललाई त्यही बेला छालले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । टिकटक बनाउने क्रममा पानीको छालले लैजान्छ भन्ने दुवैलाई हेक्का नभएको प्रहरीको भनाइ छ ।
वाग्मती नदीमा पानीको बहाव बढेको छ । खोजीकार्य गाह्रो भएको प्रहरीले जनाएको छ । यो समाचार कान्तिपुरमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…