विष्णुपुर गाउँपालिका अध्यक्ष यादवको पद चौपट्ट
गत ३१ साउनमा गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

२०८० भदौ १२ मंगलबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । घुस प्रकरणमा मुछिएका सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरेसङै उनी निलम्बनमा परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको छ ।
घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई ७ साउनमा नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष यादवलाई नियन्त्रणमा लिई ईटहरी लगिएपनि बिरामी परेपछि काठमाडौं लगिएको छ ।
गत ३१ साउनमा गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका यी दुबैले अध्यक्षकै इसारामा घुस लिएको बयान दिएका छन् । सोही सन्दर्भमा सोधपुछका लागि अध्यक्षलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…