मधेश प्रदेशमा भदौ ३१ गते सोमबार सार्वजनिक विदाको घोषणा
मधेश प्रदेशको गृह, सँचार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ३१ गते पर्न गएको मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार सोही विदा कार्यन्वयन हुने उल्लेख छ । मधेश प्रदेशको ८ वटै जिल्लामा भदौ ३१ गते सोमबार सार्वजनिक विदा रहने भएको छ ।
२ वर्ष अगाडि · देश काल










