Close This

मधेश प्रदेशबाट एक बर्ष अगाडी नै सरुवा भएका प्रहरी हबल्दार मुखिया कसरी तानिए ?

२०८१ भदौ १७ सोमबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेलको खातामा अस्वभाविक रकम जम्मा भएको उजुरीपछि भएको खैलाबैलाको क्रममा एक हबल्दार अनाहकमा तानिएको बताईन्छ । 

मधेश प्रदेशको धनुषा जिल्लामा कार्यरत रहेको बेला प्रहरी हबल्दार ब्रजेश मुखिया सरुवा भएको एक बर्षपछि भोजपुर जिल्लाबाट अस्वभाविक रुपमा तानिएको हो । 

वि.सं. २०८० साल असार ४ गते नै रबाना बुझेर धनुषाबाट भोजपुर जिल्ला सरुवा भई कार्यरत रहेका हबल्दार ब्रजेश मुखिया समेत डिआईजीको खाता प्रकरणमा तानिएपछि शंका उब्जिएको हो । 

एक साथीभाईसँग भएको लेनदेनको क्रममा उनीमाथि उजुरीपछि सोही प्रकरणमा समावेश गरी तानिएको बताईएको छ । मुखिया अहिले प्रहरी हेडक्वाटरमा तानिएका हुन् । 

गत बर्ष नै रबाना लिएर धनुषाबाट भोजपुर जिल्ला सरुवा भईसकेका हबल्दार मुखियालाई डिआईजीको प्रकरणमा तानिएपछि प्रश्न उब्जिएको हो । यद्यपी, यसको पछाडीके कारण रहेको सन्दर्भमा अनुसन्धान भने जारी रहेको छ । 

मधेश प्रदेशका डिआईजी पोखरेलसहित ११ प्रहरीमाथि अनुसन्धान सुरु भएको हो । खातामा अस्वभाविक रकम जम्मा भएको प्रकरणमा छानबिन सुरु भएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०८१ भदौ १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus