शहिदनगरमा धर्म परिवर्तन गराएको भन्दै एजेन्टहरुलाई हिन्दु सम्राट सेनाले लखेटे, चर्चमा ताला

२०८१ भदौ १६ आइतबार
बिहान ०८:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित धर्म परिवर्तन गराउने गिरोहलाई हिन्दु सम्राट सेनाले लखेटेका छन् । 

शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको झण्डाचोकमा योग शिविर चलाउने भनेर घर भाडामा लिएर धर्म परिवर्तनको कार्यमा सँलग्न रहेको भन्दै हिन्दु सम्राट सेनाले एजेन्टहरुलाई लखेटेका छन् । 

शनिबार यदुकूहा पुगेका हिन्दु सम्राट सेनाको धनुषा कमला नगरपालिकाको टोली र सबैला नगरपालिकाका टोलीले उनीहरुलाई लखेटेको हो । 

झन्डाटोल स्थित पेट्रोल पम्पको छेउमा खुलेआम धर्म परिवर्तन गराउने गिरोहलाई पक्राउ गरेको छ। हिन्दु धर्म विरुद्ध उल्टोसुल्टो बोलेर धर्म नै परिवर्तन गर्न भनेपछि शनिबार हिन्दु सम्राट सेनाका युवाहरु रोकधाम गर्न सफल भएको बताएका छन्। 

अवैध तरिकाले चर्च निर्माण गरी धर्म परिवर्तन गराउने इसाई मन्नेहरुले प्रमाण नमान्ने तर हिन्दू सम्राट सेनाका युवाहरू द्वारा धर्मान्तरण रोकथाम गर्न खोजिएको बताएको हो। 

धर्म परिवर्तन गराउने इसाइ मान्नेहरुलाई रोक्न खोज्दा हिन्दु सम्राट सेनाका युवाहरूलाई ईलाका प्रहरी कार्यलयका प्रहरीहरुले हस्तक्षेप गरेका छन। इसाले यदुकूहामा चर्च बनाएको घरमा हिन्दु सम्राट सेनाद्धरा ताल्चा लगाइएको छ।

गत आईतबार न्यूज ब्यूरोमा धर्म परिवर्तन सम्बन्धी समाचार प्रकाशित भएपछि हिन्दु सम्राट सेनाले एक्सन लिएको थियो । 

  • 79%
  • 0%
  • 7%
  • 0%
  • 7%
  • 0%

धनुषाधाम नगरपालिकामा पुनः दास भए प्रमुख प्रशासकीय अधिकृत, लेखामा यादवको बढुवा 

  • २०८१ भदौ १६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दास पुनः फर्केका छन् ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही निमित्त अधिकृतहरुलाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

पूरा पढ्नुहोस्

Bureau Menus