महोत्तरीको मटिहानीमा छात्राहरुलाई निःशुल्क साईकल
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, सह सचिव डन्डु राज घिमिरे, महा निर्देशक सुर्य बहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , सशस्त्र प्रहरी बल महोत्तरीका एसपी बिनोद के सि, विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य , अभिभावक बिद्यार्थीहरुको रोहबरमा साईकल वितरण गरिएको हो ।

२०८१ भदौ ८ शनिबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकास्थित रहेको राम माविका छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको छ ।
मटिहानी नगरपालिकाको आयोजनामा राम माविको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको हो । कक्षा ११ की ६२ जना छात्रालाई साईकल प्रदान गरिएको हो ।
शनिबार एक कार्यक्रमबीच मटिहानी नगरपालिका वडा नम्बर ८ स्थित रहेको राम माविको प्राँगनमा नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री शरतसिँह भण्डारीको विशिष्ट आतिथ्यमा साईकल वितरण गरिएको हो ।
वडा नं. ८ का वडाध्यक्ष रितेश साहको अध्यक्षतामा एक समारोहबीच साईकल वितरण गरिएको नगर प्रमुख हरि प्रसाद मण्डलले बताए । उनकै विशेष उपस्थितिमा कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साईकल दिएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, सह सचिव डन्डु राज घिमिरे, महा निर्देशक सुर्य बहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , सशस्त्र प्रहरी बल महोत्तरीका एसपी बिनोद के सि, विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य , अभिभावक बिद्यार्थीहरुको रोहबरमा साईकल वितरण गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…