जनकपुरका आँखाका डाक्टरहरु सडकमा
प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।

२०८१ भदौ २५ मंगलबार, राति ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका आँखाका डाक्टर (दृष्टि विशेषज्ञ) हरु मँगलबार जनकपुरमा प्रदर्शन गरेको छ ।
प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयले विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै दृष्टि विशेषज्ञहरुले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो ।
प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…