
न्यूज ब्यूरो, धनगढी । कांग्रेसका सभापति देउवा निवास अगाडि शँकास्पद वस्तु फेला परेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको पुष्ठि गरेका छन तर उक्त वस्तु के हो ? भन्ने कुरा अहिलेसम्म स्पष्ट उनले बताए ।
उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन ।
उक्त घटना नेकपा (माओवादी) कैलाली जिल्ला समितिले जनकार्वाही स्वरुप राखिएको बताएको छ । नेकपा माओवादीको केन्द्रिय घोषित कार्यक्रम भ्रष्ट र दलाहरुलाइ कार्वाही गर्ने नितिअनुसार नै गरिएको माओवादी जिल्ला स्रोतले बताएको छ भने घटना स्थलमा नेकपा माओवादीको पर्चा समेत भेटिएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८१ भदौ ९ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्