पत्रकार महासंघ धनुषा अवस्था अस्तव्यस्त, ल्यापट गायब, लगेका पत्रकारले दिएनन फिर्ता : अध्यक्ष झा

२०८१ भदौ २२ शनिबार
दिउसो ४:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघ धनुषा शाखाबाट केही सदस्यहरुले समानहरु उठाएर लगेको आरोप महासंघ धनुषाकी अध्यक्ष मनिका झाले लगाएकी छन् । 

सदस्यता शुद्धिकरणको बेला पदबाट राजीनामा दिएको भनेर चर्चा सम्बन्धमा उनले आफू राजीनामा नदिएको भन्दै केही सदस्यहरुले यहाँको जिन्सी समानहरु उठाएर लगेको बताएकी छन् । 

न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा पत्रकार महासंघ धनुषा शाखाको अवस्था भद्रगोल किन भएको जिज्ञासामा उनले पुरै भद्रगोल नै नभएको दाबी गर्दै कामकाजको कारण पनि अवस्था बिग्रिएको बताईन् । 

नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) निकट पत्रकारहरुको सँगठन प्रेस सँगठनकी सदस्य समेत रहेकी अध्यक्ष झाले आफू राजीनामा नदिएको बताउँदै कोही सदस्यहरुको व्यक्तिगत रिसबई साध्न मिडिया प्रयोग गरेको संकेत गरिन् । 

विभिन्न समयमा दाताहरुले दिएको कम्प्यूटर लगायतका जिन्सी समानको अवस्था जर्जर भएको सन्दर्भमा अध्यक्ष झाले केही कम्प्यूटरहरु पहिलेदेखि नै बिग्रेर राखिएको बताउँदै दुईवटा अझै सँचालनमा रहेको बताईन् । उनले महासंघ भित्रको जिन्सी समान प्रयोग भएपछि जर्जर भएको स्वीकार गरिन् । 

उनले भनिन्,“महासंघ धनुषाकै केही सदस्यहरु यस्ता छन् जो की यहाँबाट समान लिएर घर गएका छन् । एउटा ल्यापटप लिएर गएका एक सदस्यले अझै ल्यापटप फिर्ता गरेका छैनन्, नाम पछि भनुँमला । अन्य थप कुराहरु छ जो पछि भनुमला ।

पत्रकार महासँघ धनुषा शाखामा राखिएको कम्प्युटरहरु चल्न छोडेको छ भने मर्मतको लागि वर्तमान नेतृत्वले कुनै पहल गरेको छैनन् । झा नेतृत्वको पदाधिकारीले महासंघको स्थिति सुधारको लागि खासै पहल भने गरेको देखिदैनन् । 

सदस्यताको लागि विभिन्न राजनीतिक पार्टीका पत्रकारहरुले आफैँमा खिचातानी गर्न थालेपछि विवाद सुरु भएको थियो । देशको चौथो अँग भनेर कहलाएपनि महासंघका सदस्यहरु विभिन्न राजनीतिक पार्टीका भातृसँगठन, पत्रकार सँगठनका सदस्यहरु मात्रै छन् । आफ्नो मान्छेलाई सदस्यता दिलाउनको लागि विवाद सुरु भएको हो । 

पत्रकार महासंघको हुने चुनाव जित्नको लागि मात्र गैर पत्रकारहरुलाई सदस्यता दिन विवाद भएको हो । पत्रकारितासँग सम्बन्ध नै नभएका व्यक्तिहरुलाई समेत महासंघको सदस्यताको लागि जोडबल गरेपछि विवाद सुरु भएको हो । विवाद अझै टुँगिएको छैनन् । 

अरुको सन्दर्भमा समाचार लेख्ने पत्रकारहरु नै विभिन्न राजनीतिक पार्टीमा सँलग्न भएपछि निष्पक्षताप्रति प्रश्नचिन्ह समेत खडा भएको छ । आम नागरिकले विभिन्न दलका पत्रकारहरुप्रति विस्तारै विश्वास गुमाउन थालेको हो । 

  • 67%
  • 33%
  • 0%
  • 0%
  • 0%
  • 0%

पानी फेयाक्ट्रीको केमिकल बाहिर फाल्दा पाँच बिघा खेतको धान्न नष्ट

  • २०८१ भदौ २२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । पानीको फ्याक्ट्रीमा मिसाइएको केमिकल बाहिर फाल्दा महेन्द्रनगरमा पाँच बिघा खेतमा लगाइएको धान नस्ट भएको छ। लोमस फर्मास्युटिकल्स प्राइभेट लिमिटेड फ्याक्ट्रीको लापरबाहीले गर्दा किसानहरुको धान नोक्सान भएको

पूरा पढ्नुहोस्

Bureau Menus