देश कालजनकपुरधाममा नियम नमान्ने ई–रिक्सामाथि कारबाही हुने चेतावनी
ई–रिक्सा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन यसअघि विभिन्न सरोकारवाला निकायसँग पटकपटक छलफल तथा बैठक गरिएको उल्लेख गर्दै नगर क्षेत्रभित्र ई–रिक्साको चाप घटाउने र निश्चित मापदण्डअनुसार सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ। यसबाट ट्राफिक व्यवस्थापन सहज हुने, दुर्घटनाको जोखिम घट्ने र नगरको समग्र सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ।
९ महिना अगाडि · देश काल











