मधेशमा उद्योग र पर्यटन मन्त्रालय जनमतले नपाए सरकारबाट अगल हुन तयार हुनुपर्छः उपाध्यक्ष कुशवाहा
जनमत पार्टीको नेतृत्वमा बनेको यसअघिको सरकारको बेला उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट मधेशमा विभिन्न ठाउँमा उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने गरी योजना तथा बजेटहरु राखिएकोमा अन्यले सो मन्त्रालय पाए भिजन अनुसार कार्य नहुने दाबी कुशवाहाको छ ।

२०८२ पुस १ मंगलबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष ई. बसन्त कुशवाहाले जनमत पार्टीले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय नपाए सरकारबाट अगल हुनुपर्ने धारणा राखेका छन् ।
उनले मधेशमा १०औँ हजार रोजगारी सृजना गर्ने गरी बजेट विनियोजन भएको अवस्थामा जनमत पार्टीले सो मन्त्रालय नपाए सरकारबाट अगल हुनुपर्ने धारणा राखेका छन् । पूर्वमन्त्री समेत रहेका ई. कुशवाहाले भागबण्डाको नाममा सो मन्त्रालय अरुलार्ई दिनु भनेको रोजगारी कार्यक्रम अलपत्र पार्नु मात्र रहेको बताएका छन् ।
जनमत पार्टीको नेतृत्वमा बनेको यसअघिको सरकारको बेला उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट मधेशमा विभिन्न ठाउँमा उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने गरी योजना तथा बजेटहरु राखिएकोमा अन्यले सो मन्त्रालय पाए भिजन अनुसार कार्य नहुने दाबी कुशवाहाको छ ।
उनले जनमत पार्टीको उदेश्य बमोजिम कार्य नभए वर्तमान सरकारबाट अगल हुन तयार हुनुपर्ने धारणा प्रकट गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…