कुलमानले हटाएका हितेन्द्र पुनः प्राधिकरणको निर्देशकमा पदबहाली, आजै सम्हाले कार्यभार
ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।

२०८२ मंसिर २४ बुधबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पुन पदबहाली गरेका छन्।
सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार प्राधिकरण केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गरेका हुन्।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो।
सर्वोच्चले उनको सरुवा बदर गर्दै प्राधिकरणमै फर्काउन परमाआदेश दिएको हो।
ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरिएको थियो। आफूलाई कार्यकारी निर्देशकबाट हटाउने घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए।
ऊर्जामन्त्री घिसिङले गएको असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…