सोही क्रममा मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ ।
शर्माले विभिन्न जातजाती र सम्प्रादायबीचको सु–मधुर सम्बन्धमा खलल पार्ने गरी भिडियो, तस्विरहरु सम्पादन गरी पोष्ट गरेको बताईएको छ । उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियामा राखिएको हो ।
सोही क्रममा विजय जुलुस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको छ ।
आफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गिय यादवकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
बाल दिवसको अवसरमा एक समारोहको आयोजना गरी विद्यालयले नृत्य, कमेडी, कृषि कार्य, घरायसी कार्य, साँगितिक कार्यक्रम गरी बाल दिवस मनाएको सँस्थापक यादवले बताए । उनका अनुसार, बाल दिवसमा बाल अधिकार संरक्षण र बाल अधिकार सम्बन्धी समेत शिक्षकहरुले प्रकाश पारेको बताए ।
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका स्थित रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले बाल दिवस रयाली निकालेर मनाएको छ । कमला नगरपालिका वडा नं. १ मँगराहास्थित सँचालनमा रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले अध्ययनरत बालबालिकाहरुलाई एकजुट पारी रयाली निकालेको थियो । बाल अधिकार सँरक्षणको लागि “
सोही क्रममा, भ्रष्टाचार, जासुसी, जालसाजी, किर्ते, ठगी, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोको लागि आवेदन दिएको प्रमाणित भएमा, शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा त्यस्तो अवस्थामा शिक्षकलाई भविष्यमा विद्यालय शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।
यादवलाई समान्य उपचार गरिएको छ । यादवको साथै रहेका सँचारकर्मी जयनाथ यादवका अनुसार, कटारी घाँटीमा हान्ने प्रयास गरिएको थियो तर लागेन, समान्य चोट लागेको छ । यादव अहिले घरमा विश्राम गरिरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मालपोतस्थित रहेको कृष्ण मन्दिरको वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण गरेको हो । जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण गरेको हो ।
सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा आयोजना हुन लागेको लोक महोत्सवमा ख्याति प्राप्त संगित साधकहरुलाई जनकपुरधाममा भेलासमेत गराइने भएको छ भने यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ भने विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ ।
विभिन्न समयमा भएको गैर–राजनीतिक घटनाको चित्रणसहित विचारविमर्स गर्नको लागि गोष्ठीको आयोजना गरिएको हो । सो गोष्ठीमा मधेशका जानकार, राजनीतिकर्मी, विद्यार्थीहरुलाई समेत सहभागीताको लागि आग्रह गरिएको हो ।