सर्लाही मलँगवाको घटनामा समाजिक सँजालमा अफवाह फैलाएको भन्दै एक युवक पक्राउ
शर्माले विभिन्न जातजाती र सम्प्रादायबीचको सु–मधुर सम्बन्धमा खलल पार्ने गरी भिडियो, तस्विरहरु सम्पादन गरी पोष्ट गरेको बताईएको छ । उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियामा राखिएको हो ।

२०८० असोज ८ सोमबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको मलँगवामा फैलिएको सम्प्रादायिक मतभेदको क्रममा समाजिक सँजाल मार्फत अफवाह फैलाएको भन्दै एक युवकलाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरीको साईबर ब्यूरोले सर्लाही जिल्लाको मलँगवा नगरपालिका वडा नं. ९ बस्ने शनि शर्मा नामक युवकलाई पक्राउ गरेको हो । मलँगवामा जारी दुई समुदायबीचको मतभेदको क्रममा शर्माले अफवाह फैलाउने गरी समाजिक सँजालमा पोष्टहरु गरेको आरोपमा साईबर ब्यूरोले मुद्दा चलाएको हो ।
शर्माले विभिन्न जातजाती र सम्प्रादायबीचको सु–मधुर सम्बन्धमा खलल पार्ने गरी भिडियो, तस्विरहरु सम्पादन गरी पोष्ट गरेको बताईएको छ । उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियामा राखिएको हो ।
सर्लाहीको मलँगवा घटनामा केही अवैद्य वेभसाईट, अवैद्य मिडिया, सम्प्रादायिक मानसिकताका व्यक्तिहरुले अफवाह फैलाउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…