
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका स्थित रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले बाल दिवस रयाली निकालेर मनाएको छ ।
कमला नगरपालिका वडा नं. १ मँगराहास्थित सँचालनमा रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले अध्ययनरत बालबालिकाहरुलाई एकजुट पारी रयाली निकालेको थियो ।
बाल अधिकार सँरक्षणको लागि “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” मूल नारासहित मँगराहा गाउँमा रयाली निकालेको थियो ।
विद्यालयबाट सुरु भएको रयाली मँगराहा गाउँको विभिन्न चोक तथा गल्लीमा परिक्रमा गरेको थियो । बालबालिकाहरुले हातमा चेतनामूलक प्लेकार्ड बोकेर रयालीमा सहभागी भएको विद्यालयका सँस्थापक चन्द्रदीप यादवले बताए ।
सो रयालीमा शिक्षिका संगिता मण्डल, शिक्षक संतोष यादव, प्रदिप मण्डल, शिक्षिका रन्जु मण्डल, शिक्षक रमेश यादवसहित रितु मण्डल, अमिता मण्डल, राकेश यादव साथै कमला युवा संजालका किशोरी यादव, पूर्व शिक्षक शम्भु यादव, चन्दन यादव, मुकेश यादव, कुलदिप यादव, धर्मेन्द्र यादव लगायतको समेत सहभागीता रहेको थियो ।
अब फेसबुक र इन्ष्टाग्राम चलाउन पैसा तिर्नुपर्ने
- २०८० भदौ २९ शुक्रबार
एजेन्सी । विश्वको चर्चित समाजिक सँजाल फेसबुकले प्रयोगकर्तासँग दस्तुर लिने भएको छ । अहिलेसम्म निःशुल्क चल्दै आएको ठुलो समाजिक सँजाल फेसबुकले आफ्ना प्रयोगकर्तासँग शुल्क लिने भएको छ । मेटा कम्पनीले आफ्ना
पूरा पढ्नुहोस्