सर्लाहीमा चक्रघट्टामा जनशक्ति क्लबले मनायो बाल दिवस
पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।

२०८० भदौ २९ शुक्रबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लब धुमधामले बाल दिवस मनाइएको छ।
जनशक्ति युवा क्लबको आयोजनामा ५९ औँ राष्ट्रिय बाल दिवस ूबालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनीू मूल नाराका साथ भव्य रूपमा मनाएको हो ।
श्री जनता मावि विद्यालयको ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिए। यस्ता कार्यक्रम हरु आगामी दिन मा समेत सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाए ।
पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…