सिरहामा पत्रकार यादव उपर चाकु हान्ने प्रयास
यादवलाई समान्य उपचार गरिएको छ । यादवको साथै रहेका सँचारकर्मी जयनाथ यादवका अनुसार, कटारी घाँटीमा हान्ने प्रयास गरिएको थियो तर लागेन, समान्य चोट लागेको छ । यादव अहिले घरमा विश्राम गरिरहेका छन् ।

२०८० भदौ २८ बिहीबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक पत्रकारमाथि चाकु हान्ने प्रयास गरिएको छ । सिरहालाई कार्यक्षेत्र बनाएर पत्रकािरता गर्दै आएका सँतोष यादव उपर चाकु प्रहारको प्रयास गरिएको हो ।
दुई पक्षबीच घरायसी विवादको क्रममा यादव उपर चाकु प्रहारको प्रयास गरिएको हो । यद्यपी, उनलाई सानो घाउ लागेको छ ।
स्थानीय नवलकिशोर यादव नामक व्यक्तिसँग समाजिक सँजाललाई लिएर उत्पन्न भएको विवादको क्रममा सो घटना भएको हो । नवलकिशोरका भजितोले पत्रकार यादवमाथि चिया खाँदै गर्दा चिया पसलमै गाँजा काट्ने चाकु (कटारी) हान्ने प्रयास गरिएको थियो । कटारी कानको छेउमा लागेको बताईएको छ ।
यादवलाई समान्य उपचार गरिएको छ । यादवको साथै रहेका सँचारकर्मी जयनाथ यादवका अनुसार, कटारी घाँटीमा हान्ने प्रयास गरिएको थियो तर लागेन, समान्य चोट लागेको छ । यादव अहिले घरमा विश्राम गरिरहेका छन् ।
यता, पत्रकार यादवमाथि आक्रमण प्रयास गरिएको भन्दै नवलकिशोर यादवमाथि कारवाहीको माग गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…