न्यूज ब्यूरो, जनकपुरधाम । राजदेवी माताको पूजालाई भव्य बनाउनका लागि महावीर युवा कमिटीले मूल पूजा समितिसंगै विभिन्न उपसमिति गठन गरेको छ ।
कमिटीले ५६ औँ साधारण सभाबाट राजदेवी पूजालाई भव्य बनाउनका लागि विभिन्न समिति गठन गरेको छ । त्यसका लागि राजा भगतको संयोजकत्वमा राजदेवी पूजा मूल समिति गठन गरिएको छ । साधारण सभाबाट विभिन्न १४ वटा उपसमिति समेत गठन गरिएको छ ।
त्यस अन्तर्गत सुरक्षा तथा लाईन व्यवस्थापन संयोजकमा शशी साह, भव्य सिंगार संयोजकमा संजीव साह, विज्ञापन संयोजकमा दीपक कुमार गुप्ता, पार्क संरक्षण संयोजकमा दीपक साह, मेला संयोजकमा रौशन साह, भजन संध्या संयोजकमा शम्भु कुमार साह, प्रसाद तथा महाप्रसाद संयोजकमा सुनिल मिश्रालाई चयन गरिएको हो ।
सोही क्रममा विजय जुलुस संयोजकमा अजित शर्मा, रावण वध तथा लंका दहन संयोजकमा बलराम साह, गहवर व्यवस्थापन संयोजकमा ओमप्रकाश गुप्ता, नास्ता तथा खाना संयोजकमा संतोष साह, शीतल जल संयोजकमा संतोष शर्मा, सरसफाई संयोजकमा सुनिल राउत र गहबर संयोजकमा ओमप्रकाश गुप्तालाई चयन गरिएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…