यादव युवाहरुद्धारा कृष्ण मन्दिरमा वृक्षारोपण र सरसफाई
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मालपोतस्थित रहेको कृष्ण मन्दिरको वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण गरेको हो । जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण गरेको हो ।

२०८० भदौ २० बुधबार, बिहान १०:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको भगवान कृष्णको मन्दिरमा यादव युवा समूहद्धारा वृक्षारोपण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मालपोतस्थित रहेको कृष्ण मन्दिरको वरिपरी यादव युवाहरुको समूहले वृक्षारोपण गरेको हो ।

जनकपुरधाममा प्रसिद्ध मन्दिरको रुपमा स्थापित भगवान कृष्णको मन्दिरलाई सौन्दर्यीकरणको हिसाबले समेत युवाहरुको एक समूहले बुधबार कृष्णाष्टमीको अवसर पारेर वृक्षारोपण गरेको हो ।
कृष्णाष्टमीमा सो मन्दिरमा भव्य मेला लाग्ने गरेकोले मन्दिरको वरिपरी पूर्ण सफाई समेत गरेका हुन् । युवाहरुको समूहले मन्दिरको चौतर्फी वृहत सरसफाई गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…