देश कालपूर्व पश्चिम राजमार्गमा धनुषाको कमलादेखि बाराको पथलैयासम्म ३१ हजार बढी रुख काटिने
रुख कटानको आदेश आए पनि कार्यान्वयन पक्षमा अझै केही ढिलाइ हुने संकेत देखिएको छ। मधेश प्रदेशका वन निर्देशनालय प्रमुख जगन्नाथप्रसाद जयसवालका अनुसार रुखहरूमा टाँचा लगाउने, विवरण अद्यावधिक गर्ने र जिल्लास्तरीय समन्वय प्रक्रिया अझै बाँकी छन्। उनले भने, “विभागीय निर्देशनअनुसार प्रक्रिया अगाडि बढाउनेछौं, आयोजनासँग समन्वय गरेर छिटो कटान कार्य सम्पन्न गर्ने तयारीमा छौं।”
१ वर्ष अगाडि · देश काल











