नक्कली सर्टिफिकेट पेश गरी सव इन्जिनीयरको नोकरी लिएका झाविरुद्ध भ्रष्टाचार मुद्दा
न्यूज ब्यूरो, सप्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव(इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरूद्ध अख्तियारले

२०८२ असार २ सोमबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव(इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी करारको जागिर पाउनका लागि गाउँपालिकामा नक्ककी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप अख्तियारको छ।
उनले नक्कली शैक्षिक पत्र पेस गरेर नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कुमारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…