नेपाल हुँदै भारत छिर्न लागेका बँगलादेशी नागरिक बोर्डरमै पक्राउ
वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

२०८२ असार २२ आइतबार, बिहान ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल हुँदै भारत प्रवेश घुसपैठ गर्न खोजेका एक बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।
भार त–नेपाल सीमानाकास्थित वीरगञ्ज–रक्सौलको मैत्री पुल नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बंगलादेशको ढाका, कुमिल्ला निवासी करिब ५० वर्षीय सैयद इकबाल अहमद रहेको भारतीय एसएसबिले जनाएको छ ।
वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।
एक भारतीय सुरक्षा अधिकारीले समक्ष अहमदले दिएको प्रारम्भिक बयानमा आफू ढाकाबाट काठमाण्डु हुँदै वीरगञ्जको बाटोबाट भारत प्रवेश गर्न लागेको दाबी गरे ।
प्रहरीलाई दिएको जानकारी अनुसार, उनी उत्तर प्रदेशको लखनउ स्थित दारुल उल मदरसामा कार्यरत बंगलादेशी शिक्षक जुबेर आलमलाई भेट्न जान लागेको र त्यसपछि अजमेर जाने योजनाको खुलासा गरेका छन् ।
भारत र पाकिस्तानबीचको द्वन्द्वपछि नेपालतर्फको सीमानाका कडाइ गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…