जनकपुरको बाह्रविघामा साँस्कृति तथा व्यापारिक मेलामा खुल्लेयाम ओरकेष्ट्रा, स्टेजमा 'माल ना मालपुवा हो राजा'
जनकपुरधामलाई साँस्कृतिक शहरको रुपमा चिनिएको छ । रामानन्द युवा क्लब जस्ता पुराना र सँस्कृति जगेर्ना गर्ने जिम्मेवार समाजिक सँस्थाको आयोजनमा अश्लिल देखाएकोप्रति आपत्ति जनाईएको छ ।

२०८३ असोज ३१ शनिबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको बाह्रविघा रँगभूमि मैदानमा आयोजना गरिएको प्रथम साँस्कृतिक तथा व्यापारिक मेला २०८३ मा साँस्कृतिक कार्यक्रमको नाममा अश्लिलता देखाएको आरोप लागेको छ ।
जनकपुरको रामानन्द युवा क्लबले आयोजना गरेको प्रथम जनकपुर साँस्कृति तथा व्यापारिक मेलाको क्रममा राती ओरकेष्ट्रा नचाएकोप्रति टिकाटिप्पणी भएको छ । जनकपुर साँस्कृतिक नाम दिएको सो कार्यक्रममा ओरकेष्ट्रा नचाएर सँस्कृतिउपर भद्दा मजाक गरिएको टिकाटिप्पणी गरिएको छ ।
समाजिक सँजालमा एक प्रयोगकर्ताले “यो कुन प्रकारको साँस्कृति कार्यक्रम हो ?” भन्दै टिकटोकमा भिडियो हालेका छन् । देखिएको भिडियोमा बाहिरबाट मँगाइएको महिला नर्तकीहरुले अश्लिल भोजपुरी गीतमा नाचगान गरिरहेको देखिएको हो ।
जनकपुरधामलाई साँस्कृतिक शहरको रुपमा चिनिएको छ । रामानन्द युवा क्लब जस्ता पुराना र सँस्कृति जगेर्ना गर्ने जिम्मेवार समाजिक सँस्थाको आयोजनमा अश्लिल देखाएकोप्रति आपत्ति जनाईएको छ ।
गएराती भएको मनोरञ्जनात्मक कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिबन्ध गरेको अश्लिल ओरकेष्ट्रा नचाईएको देखिएको छ । टिकटक, फेसबुकहरुमा सार्वजनिक गरिएको भिडियोमा नर्तकीहरुले भोजपुरी गीत “माल ना मालपुवा हो राजा” जस्ता दोहोरो अर्थको गीतमा अश्लिलताभरि नाचगान गरेको देखाईएको छ ।
यस सन्दर्भमा रामानन्द युवा क्लबका अध्यक्ष आतुशोष झाको मोबाईलमा सम्पर्क गर्दा उनको मोबाईल स्वीच अफ आयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…