मधेश सरकारबाट बाहिरियो एमाले, यी ४ मन्त्रीले ठोके राजीनामा
मधेशको सत्ता राजनीतिमा एमालेको यो कदमले नयाँ राजनीतिक मोड सिर्जना गरेको छ।

२०८३ असोज ३० शुक्रबार, दिउँसो ३:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजनीतिमा नयाँ हलचल पैदा भएको छ। नेकपा एमालेले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना चार मन्त्रीलाई राजीनामा गराएको छ। एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मधेशको सत्ता समीकरणमा नयाँ बहस सुरु भएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले शुक्रबार राजीनामा बुझाएका हुन्।
एमालेबाट सरकारमा सहभागी श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षामन्त्री मनोजकुमार सिंहले पदबाट राजीनामा दिएका छन्।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।
एमाले सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ। अब वर्तमान सरकारको स्थायित्व, अन्य दलहरूको भूमिका र सम्भावित नयाँ गठबन्धनबारे राजनीतिक वृत्तमा चासो बढेको छ।
प्रदेशमा आगामी सत्ता समीकरण कस्तो बन्छ भन्ने विषयमा दलहरूको आगामी निर्णय महत्वपूर्ण हुने देखिएको छ।
मधेशको सत्ता राजनीतिमा एमालेको यो कदमले नयाँ राजनीतिक मोड सिर्जना गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…