धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या, ४ बर्षदेखि घरमा थिए एक्लै
प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए । घटनामा संलग्न व्यक्ति हाल फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र बनाएको छ ।

२०८३ असोज ३१ शनिबार, बिहान ११:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, इलाम । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ ।
स्थानीय ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ । घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए । घटनामा संलग्न व्यक्ति हाल फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र बनाएको छ ।
घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…