जनकपुरमा पसल तोडफोड गरेको आरोपमा जनकपुरका पूर्व पत्रकार ध्रुव झा पक्राउ
घटनाबारे प्रहरीले प्रचलित कानुनबमोजिम अनुसन्धान गरिरहेको जनाएको छ ।
२०८३ असोज २६ सोमबार, बिहान ११:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाममा पसल तोडफोड गरेको आरोपमा प्रहरीले जनकपुरका ध्रुव झालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत शुक्रबार राती करिब ८ः२० बजे जनकपुरधाम उपमहानगरपालिका–४ स्थित नयाँ अस्पतालनजिक शुभाष मण्डलले सञ्चालन गरेको पसलमा तोडफोड भएको सूचना प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको हो ।
सूचनापछि घटनास्थल पुगेको प्रहरी टोलीले पसलको बोर्ड, घरको रेलिङ र गमलाहरू तोडफोड गरेको आरोपमा महोत्तरीको मनरासिस्वा नगरपालिका–१० घर भई हाल उक्त पसल रहेको घरमा बस्दै आएका ४० वर्षीय झालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार झा आफूलाई पत्रकार तथा युट्युबर बताउने व्यक्ति हुन् । उनले मादक पदार्थ सेवन गरी तोडफोड गरेको र नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता, झासँग काम गर्ने उनकी शिष्य बताउने नेपाली काँग्रेसकी प्रिया कर्णले पसलको बोर्ड मात्र तोडफोड गरेको दाबी गरिन् । उनले बोर्ड तोडैकै भरमा क्षतिपूर्तिभन्दा झालाई नियतवंश र पुरानो रिसबीले धनुषा प्रहरी पक्राउ गरेको बताएकी हुन् ।
कपिलेश्वरमा केही दिन अगाडी भएको प्रियँका दास मृत्यू प्रकरणलाई लिएर धनुषा प्रहरीले रिसबी साधेको आरोप लगाईन् । उनले शुक्रबार नै पक्राउ परेका झालाई सोमबारसम्म छाडेका छैनन् । कुनै निवेदन, उजुरी नपरेपछि प्रहरीमाथि हातपातको आरोप लगाएर मुद्दा लगाएको आरोप लगाईन् । उनले प्रहरीलाई हातपात नगरको तथा गरेको भए सिसिटिभी फुटेज चेक गर्न माग गरिन् । उनले पुरानो रिसबीको कारण उनलाई थुनामा राखेर निर्घात कुटपिटको आरोप लगाईन् ।
उनले आफू भेटन जाँदा भेटन नदिएको बताउँदै घरधनीले कुनै उजुरी नगरेपछि प्रहरीले उनलाई झुठा मुद्दा लगाएर थुनामा राखेको बताइन् । यद्यपी, उनले प्रहरीको नाम भने खुलाउन चाहिनन् । कपिलेश्वर घटनासँग जोडदै कर्णले एसपी साहबसँग रिसारिस भएको निहुँमा कुटिएको र मुद्दा चलाईएको बताईन् ।
घटनाबारे प्रहरीले प्रचलित कानुनबमोजिम अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Anuja Das
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…