जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए
उनलाई समाजिक सँजालमा खुकुरी जस्ता हतियारसहितको डर त्रास फैलाएको जस्ता पोष्ट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०८३ असोज २६ सोमबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । फेसबुकमा खुकुरी देखाएर तस्विर अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपहानगरपालिका वडा नं. १३ बस्ने स्थानीय १८ बर्षिय सुमन पटेललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई समाजिक सँजालमा खुकुरी जस्ता हतियारसहितको डर त्रास फैलाएको जस्ता पोष्ट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनलाई उनको घरबाटै उठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…