EXCLUSIVE: ओलीसँग उपेन्द्रको गोप्य भेँटः मधेशमा नयाँ सरकार बन्ने लगभग पक्का, जसपाका यादव बन्ने मुख्यमन्त्री !
मधेशमा अहिले नेपाली काँग्रेसका कृष्णा यादव मुख्यमन्त्री रहेका छन् ।

२०८३ असोज ३१ शनिबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । मधेश सरकारबाट एमालेको चार मन्त्रीहरु समर्थन फिर्ता लिएपछि मधेशमा नयाँ सरकार बन्ने कसरत सुरु भएको छ ।
मधेश प्रदेशमा एमालेको समर्थन फिर्तापछि अब जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्ने लगभग तय भएको उच्च स्रोतले जनाएको छ ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आज काठमान्डौँस्थित पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीसँग गोप्य भेटघाट गर्दै मधेशमा जसपा नेतृत्वको सरकार बनाउने लगभग तयारी पूरा भईसकेको जनाइएको छ ।यद्यपी, यसको अधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैनन् ।
जसपा नेतृत्वको सरकार बनेपछि मुख्यमन्त्रीमा पूर्व मुख्यमन्त्री सरोज कुमार यादव पुनः मुख्यमन्त्री बन्ने लगभग तय भएको स्रोतले बतायो ।

मधेशमा अहिले रहेको काँग्रेस नेतृत्वको सरकारलाई खसाएर जसपा नेतृत्वको सरकार बनाउने तयारी पूरा भएको स्रोतले जनाएको छ । त्यसको लागि एमालले आफ्ना ४ मन्त्रीसँग राजीनामा गराएको बुझिएको छ ।
नयाँ सरकार बनाउनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग भर्खरै भेटघाट गरी सरकार बनाउने तय गरेको सोही बैठकका एक नेताले बताए ।
मधेशमा अहिले नेपाली काँग्रेसका कृष्णा यादव मुख्यमन्त्री रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…