जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ साइबर ब्युरोमा, घण्टीका हिमेश पन्तसँग छलफल गराइने
श्रेष्ठ र पन्तबीचको पछिल्लो विवादमा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएका छन् । साइबर ब्युरोले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरे पनि निवेदनमा उल्लेख गरिएका आरोप तथा विवादको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

२०८३ असोज ३१ शनिबार, दिउँसो १:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ ।
ब्युरोको टोली शनिबार बिहान श्रेष्ठलाई लिन ललितपुरको नख्खुस्थित उनको निवास पुगेको थियो । साइबर ब्युरोका उच्च स्रोतका अनुसार उनीविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि बोलाइएको हो ।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन् । दुवै पक्षबीच उत्पन्न विवादबारे छलफल गराउने तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ ।
श्रेष्ठ यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरबाट पक्राउ परेका थिए । त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।
त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए ।
श्रेष्ठ र पन्तबीचको पछिल्लो विवादमा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएका छन् । साइबर ब्युरोले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरे पनि निवेदनमा उल्लेख गरिएका आरोप तथा विवादको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…