४ घण्टासम्म बाढीमै फँसेका ६ जनालाई डिजास्टर टोलीले गरे उद्धार
नदीको पश्चिमतर्फ पुग्दा अगाडि पछाडिबाट पानीको ठूलो भेलले उनीहरु घेरिएका थिए ।

२०७७ साउन ७ बुधबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको लालबकैया नदिमा आएको बाढिमा फसि ज्यान जोगाउन सिसौको रुखमा चढेका ६ जनाको शस्त्र प्रहरीको टोलिले शकुशल उद्दार गरेको छ।
रौतहटको कटहरिया गमहरिया घाट लालबकैया नदीमा एक्कासी आएको बाढीमा फँसेपछि एकजना वृद्धसहित २ जनाले ४ घन्टा रुखमा बसेर गुहार मागेका थिए।
घरबाट कटहरिया बजारतर्फ जानेक्रममा लालबकेया नदीमा एक्कासी आएको बाढीले घेरेपछी फतुवा बिजयपुर नपा–१ गमहरियाका ६४ वर्षीय सर्वजित महरासहित २ जनाले ४ घन्टा रुखमा चढेर ज्यान जोगाउन गुहार गरेका थिए।
नदीको पश्चिमतर्फ पुग्दा अगाडि पछाडिबाट पानीको ठूलो भेलले उनीहरु घेरिएका थिए । दुवै जना ४ घन्टा सिसौको रुखमा बसेर ज्यान जोगाएको स्थानीय प्रत्यक्षदर्शी बिधानन्द यादवले बताए ।
मङ्गलबार साँझ पानीको बहाव घटेपछि ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साहको कमान्ड गएको सशस्त्र प्रहरीसहितको टोलीले सर्वजीतसहित अन्य ६ जनालाई सुरक्षीत उद्वार गरेका हुन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…