जनकपुरको 'जानकी पथ' को नाम ‘रहिम पथ’ लेख्न थालेपछि समाजिक सँजालमा विरोध

२०८३ असोज २३ शुक्रबार
बिहान १०:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको जानकी पथलाई ‘रहिम पथ’ नामले उल्लेख गरिएको विषयले सडकको नामकरण र धार्मिक नगरीको पहिचानबारे प्रश्न उठाएको छ ।

ईतिहासदेखि जानकी पथका रूपमा चिनिँदै आएको सडकको नाम गुगल नक्सामा समेत ‘रहिम पथ’ थप देखिएको भन्दै चासो व्यक्त गरिएको छ । केही व्यक्तिले ‘रहिम पथ’ सँगै ‘दाहा चोक’ नामसमेत उल्लेख गर्न थालेपछि पुरानो नाम परिवर्तनको आधार र आधिकारिकताबारे प्रश्न उठेको हो ।

हिन्दुहरुको आस्था जानकीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको जनकपुरधाममा सडक तथा सार्वजनिक स्थानको नामकरण गर्दा ऐतिहासिक अभिलेख, स्थानीय नागरिकको भावना र सहरको मौलिक पहिचानलाई मासेर रहिमपथ नाम राखेको भन्दै चर्को विरोध सुरु भएको छ । 

सडकको नाम परिवर्तन गरिएको विषयमा स्थानीय सरकारले समेत कुनै अधिकारिक जानकारी दिएको छैनन् । गुगल म्यामा जानकी पथ नै अरिजनल नाम रहेको भएपनि केही व्यक्तिले सोही बाटो खण्ड (जानकी पथ) मा रहिमपथ राखेको पाईएको छ । 

स्थानीय सडक तथा सार्वजनिक पूर्वाधारसम्बन्धी विषयमा जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रको अवस्था स्पष्ट पार्नुपर्ने देखिन्छ । नाम परिवर्तनसम्बन्धी औपचारिक निर्णय भएको हो वा अनौपचारिक रूपमा नाम प्रयोग गरिएको हो भन्नेबारे उपमहानगरपालिकाले जानकारी दिनुपर्ने आवश्यकता छ ।

पूर्वकालदेखि जानकी मन्दिरको क्षेत्रसहित हालै सरकारले तोकेको क्षेत्र बमोजिम समेत सो बीचमा रहिमपथ नामको कुनै पथ उल्लेख छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले रहिमपथ लेखेपछि सार्वजनिक चासो बनेको हो । 

यता, जानकी पथका केही व्यवसायीहरुले समेत आफ्नो पसलको बोर्डमा रहिमपथ उल्लेख गरेका छन् । सोही पथमा मोहरम युवा कमिटि समेत रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८३ असोज २३ शुक्रबार

Bureau Menus