दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा

२०८३ असोज २४ शनिबार
बिहान ११:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । भारतको दिल्लीस्थित जन्तरमन्तरमा प्रस्तावित प्रदर्शनअघि cockroach जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई प्रहरीले हिरासतमा लिएको छ ।

भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार शनिबार दिल्लीमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामबाट हिरासतमा लिइएको खबर सार्वजनिक भएको थियो ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियासम्बन्धी विषय उठाउँदै प्रदर्शनको आह्वान गरेको थियो । प्रदर्शनका लागि दिल्ली प्रहरीले अनुमति नदिएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रदर्शनकारीहरूले मतदाता नामावलीमा भएको भनिएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको जवाफदेहिता माग गरेका छन् । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका नगरसचिव प्रशान्त झाले छाडे जसपा नेपाल, साधारण सदस्यसमेत नरहने घोषणा

  • २०८३ असोज २४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । झाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा

पूरा पढ्नुहोस्

Bureau Menus