जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ

२०८३ असोज २४ शनिबार
दिउसो ४:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको आम आदमी पार्टी (आप) का संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार जंतरमन्तरमा आयोजित प्रदर्शनमा सहभागी हुन जाने क्रममा प्रहरीले केजरीवाललाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आयोजित प्रदर्शनमा सहभागी हुन केजरीवाल अघि बढेका थिए । मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको र मतदाता सूचीमा हेरफेर गरिएको विपक्षी दलहरूको आरोप छ ।

यसअघि प्रहरीले प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका कक्‍रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेसहित अन्य नेताहरूलाई पनि नियन्त्रणमा लिएको थियो । युट्युबर ध्रुव राठीसहित प्रदर्शनमा सहभागी हुन खोजेका अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जंतरमन्तर पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको छ ।

मतदाता सूचीमा कथित अनियमितताको विषयलाई लिएर भारतमा विपक्षी दल र निर्वाचन आयोगबीच विवाद चर्किएको छ । निर्वाचन आयोगले भने मतदाता सूची पुनरावलोकनलाई नियमित प्रमाणीकरण प्रक्रियाका रूपमा व्याख्या गर्दै आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ असोज २४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus