जनकपुरका नगरसचिव प्रशान्त झाले छाडे जसपा नेपाल, साधारण सदस्यसमेत नरहने घोषणा

२०८३ असोज २४ शनिबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

झाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आजकै मितिदेखि पार्टीबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् ।

तेस्रो मधेश आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका झाले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमा रहेर जनकपुर उपमहानगरपालिका समितिको नगर सचिवका रूपमा काम गरेका थिए ।

लोसपा नेपाल र जसपा नेपालबीच एकीकरणपछि पनि नगर सचिवको जिम्मेवारीमा रहेका झाले एक दशकभन्दा लामो समयदेखि मधेशका मुद्दा, पार्टी संगठन तथा सामाजिक न्यायका सवालमा सक्रिय रहेको बताएका छन् ।

राजीनामा पत्रमा उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । साथै, पार्टीमा रहँदा सहयोग गर्ने नेतृत्व, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus