काँग्रेस 2.O: गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

२०८३ असोज २४ शनिबार
बिहान ०८:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न भएको हो ।

महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् । मतगणनामा ५४ मत बदर भएको थियो ।

निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका नगरसचिव प्रशान्त झाले छाडे जसपा नेपाल, साधारण सदस्यसमेत नरहने घोषणा

  • २०८३ असोज २४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । झाले पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा

पूरा पढ्नुहोस्

Bureau Menus