न्यूज ब्यूरो, काठमाडौं । भारतीय चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा हुने प्रदर्शनअघि गुरुग्रामस्थित निवासबाट प्रहरीले हिरासतमा लिएको दाबी गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान करिब ८ बजे करिब ५० जना प्रहरी सादा पोसाकमा राठीको निवास पुगेका थिए । ककroach जनता पार्टी (सीजेपी) ले सामाजिक सञ्जालमार्फत दिल्ली प्रहरीले राठीलाई हिरासतमा लिएको दाबी गरेको हो ।
राठी शनिबार दिल्लीको जन्तरमन्तरमा प्रस्तावित प्रदर्शनमा सहभागी हुने तयारीमा थिए । उक्त प्रदर्शनका आयोजकले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा सुधारको माग गर्दै आएका छन् ।
यसअघि अक्टोबर ८ मा कर्नाटकको बेंगलुरुस्थित फ्रिडम पार्कमा भएको प्रदर्शनमा पनि राठी सहभागी भएका थिए । उक्त प्रदर्शनमा निर्वाचन आयोग र मतदाता नामावली पुनरावलोकन प्रक्रियासम्बन्धी विषय उठाइएको थियो ।
राठीलाई हिरासतमा लिनुको आधिकारिक कारणबारे उपलब्ध समाचारमा स्पष्ट जानकारी छैन । प्रहरीले उनको हिरासतबारे औपचारिक पुष्टि गरेको विवरण पनि उपलब्ध छैन ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असोज २४ शनिबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्





