नेपाली सेनाको गाडीमा मोटरसाईकल ठोक्किएर एक ठहरै !
बिग्रेको गाडी बिना ईन्डिकेटर नै राजमार्गमा राखिएको कारण दुर्घटना निम्त्याएको स्थानीयहरु सुनाउँछन् ।
२०७६ बैशाख २५ बुधबार, बिहान ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा नेपाली सेनाको गाडीमा मोटरसाईकल ठोक्किएर एकजनाको घटनास्थलमै ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका २ स्थित मलहनिया चोकमा रोकिराखेको श्री नयाँ गोरखनाथ गण चोहर्वाको गाडीमा गुडिरहेको मोटरसाईकल ठोक्किएको हो । दुर्घटनामा परेर मोटरसाईकलमा सवार एकजना घटनास्थलमै मृत्यू भएको छ ।
मृत्यू हुनेमा मिर्चैया नगरपालकिा ५ बस्ने चालक सागरकुमार जयसवालले रहेको मिर्चैया प्रहरीले जनाएको छ । उनले चलाएको स.६ प. ८०१३ नम्बरको मोटरसाईकल बिग्रेर रोकिराखेको नेपाली सेनाको बा.१ ग. २४६२ नम्बरको गाडीमा पछाडिबाट ठोक्किएको हो ।
बिग्रेको गाडी बिना ईन्डिकेटर नै राजमार्गमा राखिएको कारण दुर्घटना निम्त्याएको स्थानीयहरु सुनाउँछन् ।
मृतकको शव पोष्टमार्टमका लागि लहान पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…