शहिदनगरका मेयर यादवको अभद्र बोलीः युवाले प्रश्न गर्दा लाईभमै 'यी उहे सार अरुण्नमा है' भनेपछि तातिए युवाहरु

२०८३ असोज १९ सोमबार
बेलुकी ५:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगरका मेयर दिनेश प्रसाद यादवले एक कार्यक्रममै युवा उपर अभद्र टिप्पणी गरेको भन्दै युवाहरु तातिएका छन् । 

एक मिडियाको लाईभ अन्तरवार्ताको क्रममा युवाहरुले फोन गरी समस्या टिपाउने क्रममा एक युवकलाई लक्षित गरी अभद्र टिप्पणी गरेपछि शहिदनगरका युवाहरु तातिएका छन् । 

एक रेडियो कार्यक्रमको क्रममा भिडियो लाईभ हुँदै गर्दा “तपाई मेयर भएपछि के के गर्नुभयो” भनेर सोध्दा सोही पालिकाका हामी युवाका अध्यक्ष बताईएका अरुण यादवमाथि अभद्र भाषा प्रयोग गरेपछि उनीहरुले खुल्ला मँचमा युवाको प्रश्नको सामना गर्न चुनौति समेत दिएका छन् । 

लाईभको क्रममा अरुण यादवले प्रश्न गरेपछि मेयर यादवले भने,“ई वेहे सार अरुणमा है” अर्थात यो उही साले अरुणमा हुन भनेर भनेपछि शहिदनगरका युवाहरु तातिएका हुन् । 

एक जागरुक युवक उपर मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले छुद्र तथा अभद्र भाषाको प्रयोग गरेको भन्दै युवाहरुले उनलाई सार्वजनिक मँचमा जवाफ दिन चुनौति दिएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ असोज १९ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus