एसईई : परीक्षा रद्द-स्थगित गरिएको भन्दै परीक्षार्थीले आगो बाले !
नेपाली विषयको परीक्षा दिनदेखि नै नियमित रुपमा प्रश्नपत्र आउट हुन थालेका छन् । यसलाई सुनुयोजित भनिएको छ ।
२०७५ चैत १५ शुक्रबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । एसईई परीक्षा २०७५ को लागि प्रदेश नं. २ को आठवटै जिल्लाका परीक्षा रद्द गरिएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।
चरणवद्ध रुपमा प्रश्नपत्र आउट हुन थालेपछि प्रदेशभरिकै विज्ञान विषयको परीक्षा रद्द गरिएको छ भने शुक्रबार हुने भनिएको समाजिक विषयको प्रश्नपत्र समेत एक दिन अगावै बाहिरिएपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । परीक्षा स्थगित गर्ने निर्णयको विरुद्धमा परीक्षार्थीहरु सिरहाको विभिन्न स्थानमा आगो बालेका छन् ।
समाजिक विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले आकस्मिक बैठक डाएिका थिए भने बैठकबाट नियमित तर्फको परीक्षा स्थगित गर्ने निर्णय गरे लगत्तै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।
यो पनि पढनुहोस् : SEE : आज हुने समाजिक विषयको प्रश्नपत्र (Question) पनि आउट, परीक्षा रद्द हुन्छ की हुदैन ?
जनकपुर लगायत पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुर, चोहर्बा लगायतका क्षेत्रमा परीक्षार्थी चक्काजाम गर्दै परीक्षा रद्दको विरोधमा आगो बालेर प्रदर्शन गरिरहेका छन् । नेपाली विषयको परीक्षा दिनदेखि नै नियमित रुपमा प्रश्नपत्र आउट हुन थालेका छन् । यसलाई सुनुयोजित भनिएको छ ।
यो पनि पढनुहोस् : Regular तर्फ परीक्षा स्थगित, Examted तर्फको परीक्षा हुने ! प्रदेशकै परीक्षा रद्द गर्नु दुर्भाग्य : मन्त्री साह एसईई परीक्षा : प्रदेश २ को आठै जिल्लाको परीक्षा रद्द ,अब कहिले हुने ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…